अभिवादन
「ALL FOR ONE, ONE FOR ALL.」
“एकका लागि सबै, सबैका लागि एक।”
XON ग्रुपले व्यवस्थापन संगठनलाई एक जैविक प्रकारको रूपमा लिन्छ।
मौलिक मान्न सकिने सृजनशीलता भएका प्रत्येक एकल कक्षहरूले आफ्ना स्वतन्त्र तथा जैविक गतिविधिहरूमार्फत आफ्ना विशेषताहरूको प्रदर्शन गर्दछन्।
साथै, अद्वितीय गुण र क्षमता भएका ती कक्षहरूको समष्टिबाट नयाँ शक्ति उत्पन्न हुन्छ।
एकल र समष्टिको छवि, अर्थात्, एकल, समूह र समस्त संगठनको जैविक संयोजनले आपसी सद्भाव (सन्तुलन) तथा सक्रियतातर्फ लैजान्छ…
हामी यस्तो कक्ष-सिद्धान्तको समूह-व्यवस्थापन अवधारणालाई विस्तार गर्दै लग्नेछौं।
यो अवधारणा ब्रह्माण्ड, जीवन वातावरण, आधुनिक समाजिक पारिस्थितिक प्रणाली तथा जीवनशैली-काम-वातावरणमा पनि लागू हुन्छ।
हामी संघको निर्माण गर्ने सदस्यहरू, समूहको निर्माण गर्ने कम्पनीहरू र उनीहरूका स्टेकहोल्डरहरु बीचको सद्भाव र समृद्धिलाई कायम गर्दै,
सम्पूर्ण समाजलाई पोषक तत्वको आपूर्ति गर्दछौं।
परस्पर सक्रियताद्वारा विस्तारित समष्टि रूपको मोवियस गोलजस्तै अनन्त सम्भाव्यताको उद्देश्यसहित थप व्यवसायिक-सकारात्मक संस्था (पेशेवर दल) तर्फ अघि बढाउँदै जान्छौं।
हामी उर्जावान जीवनशैली र पोषण तत्वको सम्पूर्ण संस्थाभरिको प्रवाहका लागि सदैव आत्म-प्रयास गरिरहन्छौं।
एकल तत्वहरुबाट नै पूर्ण तत्व बन्दछ. अर्थात्, पूर्ण तत्व एकल तत्वहरुको संयोजनबाट बन्दछ। एउटा पूर्ण तत्वको दृष्टिकोणबाट ऊ एक एकल तत्व भए जस्तै एउटा एकल तत्वको दृष्टिकोण बाट ऊ एक पूर्ण तत्व हो। एक पूर्ण तत्वसंगै अर्को पूर्ण तत्व र एक एकल तत्वसंगै अर्को पूर्ण तत्वको उपस्थिति हुन्छ। यस्तो सम्बन्ध हेरी, प्रत्येक कक्षको स्वतन्त्र र जैविक गतिविधिहरूमार्फत संस्थाका हरेक कुनामा पोषक तत्वको प्रवाह गर्नु, एक आदर्श समूह संगठन व्यवस्थापन फ्रेमवर्कको रूपमा लिन सकिन्छ।
व्यवहारमा, ITका विभिन्न क्षेत्रहरू (३०-१०० प्रकारहरू) मा विशेषता बोकेका हामी, ग्राहकको माग पूराका लागि उपयुक्त तत्त्वहरू चयन र संयोजन (तत्त्व मिलाउनु / गाभ्नु)गरी समाधानको प्रस्ताव राख्दछौं। संयोजनका विभिन्न तरिकाहरूमार्फत अन्य कम्पनीहरूबाटको भिन्नता कायम गरी IT चिकित्सक / अस्पताल व्यवस्थापन मोडेलको स्थापना गर्दछौं। “समतलता र प्रदर्शन” लाई मध्यनजर गर्दै लघु तथा मध्यम आकारका उद्यमीहरूका लागि व्यापार स्वास्थ्य व्यापक व्यवस्थापन केन्द्र जस्तै सुरक्षा नेटको निर्माण हाम्रो लक्ष्य हो। भविष्य र सम्भावनाले भरिपूर्ण कामको वातावरण स्थापना तथा कर्मचारीहरूको वृद्धि र योगदानका अवसरहरूलाई सुनिश्चित गर्दै कर्मचारीहरूको सन्तुष्टि पूरा गर्दछौं।
साथै, २१औं शताब्दीमा लघु तथा मध्यम उद्योगहरूका लागि उत्तम तथा विवेकशील व्यवस्थापन प्रणालीको प्याराडाइम शिफ्ट तथा बिग ब्याङ, बहूभाषीय विश्वव्यापिकरण, व्यवस्थापन अवधारणामा आधारित सम्पूर्ण कर्मचारीको सहभागितामूलक व्यवस्थापन, पारम्परिक व्यवस्थापन तथ्याङ्कलाई पार गर्ने जस्ता विषयहरूमा हामी जोड दिइरहेका छौं।
प्रमुख कार्यकारी अधिकृत ताकाशी साकुराई
कपीराइट © सर्वाधिकार SakuraISM मा निहित
※SakuraISM XON Holistic Matrix Group को व्यवस्थापन अवधारणाको साधारण नाम हो।